May 17, 2022

नकवजनी चोरी मुद्दामा फरार रहेका तनहुँका एक युवकलाइर् तनहुँ प्रहरील ४ बर्षपछि पक्राउ गरेकाे छ । प्रहरीले तनहुँ साविक जामुने गा.वि.स.९ कायम म्याग्दे गा.पा.१ सिंहाली गाउ बस्ने बर्ष २२ को बिशाल माझी भन्ने विनोद बोटेलाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा ४ बर्षदेखी फरार रहेका बाेटेलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए ।

फरार बाेटेलाइ तनहुँ जिल्ला अदालतको मिति २०७३।०८।२१ गतेको फैसलामा तोकिएको कैद मध्ये २४ दिन कैद र ८,९२५।- रुपैया जरिवाना भुक्तान गर्न बाँकी रहेकाले उनलाइ नियन्त्रणमा लिइएकाे प्रहरी स्रोतले जनाएकाे छ । उनलाइ अाइतबार नै कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँमा पठाएको तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published.