ढुंगा खानीको चेपुवामा स्थानीय, ५ घर विस्थापित

Byखवरबाटिका

२६ श्रावण २०७७, सोमबार ००:०० २६ श्रावण २०७७, सोमबार ००:०० २६ श्रावण २०७७, सोमबार ००:००
माधव पाैडेल

व्यास नगरपालिका–११, गिदेरीपानीमा अवैध रुपमा संचालन पश्चात रोकिएको पशुपति क्यारी प्रा। लि। नामक ढुंगा खानीका कारण ५ स्थानीय बिस्थापित भएका छन। चुनढुंगा उद्योगले बिष्फोट गर्दा थर्किएको जमिनहरु बर्षाका कारण भासिन थालेपछि स्थानीय बासिन्दा घर छाडेर बिस्थापित हुन बाध्य भएका हुन।

गिदेरीपानीमा अक्कल बहादुर घर्ती, शेर बहादुर गुरुङ, राम बहादुर गुरुङ लगायतका ५ घर परिवार उद्योगका कारण बिस्थापित भएका हुन । घर बिस्थापित भएसंगै उनीहरु गाउँकै सामुदायिक भवनमा आश्रय लिईरहेका छन ।

बिस्थापित भएका परिवारसग भेटघाट गर्न गिदेरीपानी पुगेका गण्डकी प्रदेशका संसद रामबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई स्थानीय बासिन्दाले आफ्नो घरको अबस्था सुनाएका थिए । उद्योगले रातिको समयमा बिष्फोट गर्दा घर टहरा थर्कने गरेको र यसै महिना परेको अबिरल बर्षा पश्चात जमिन भासिएर आफूहरु बिस्थापित हुनु परेको स्थानीय राम बहादुर गुरुङ्गले दुखेसो सुनाए ।

उद्योगका कारण बिस्थापित भएका उद्योगभन्दा माथिल्लो भागमा बसोबास गर्दै आएका स्थानीयको क्षतिग्रस्त घर, टहरा, भाँसिएको तथा चिरा परेको जमिनको संसद गुरुङ तथा प्रमुख जिल्ला अधिकारीले अवलोकन गरी जुनसुकै बेला पनि जमिन भासिएर दुर्घटना निम्त्याउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा हिडडुल नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरे ।

उक्त अवसरमा प्रदेश संसद गुरुंगले अवैध रुपमा संचालन गरि बन्द गरिएको उद्योगले जनताको उठिबास लगाएको देख्दा साहै दुख लागेको बताउँदै यस बारेमा सत्य तथ्य बुझेर आवश्यक कारवाहीको प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई निर्देशन समेत दिए।

शुरुवातको चरणमा व्यक्तिगत जग्गामा उद्योग संचालनको लागि स्विकृति लिएर उद्योग संचालन गरेकोमा उद्योगले सार्वजनिक जग्गा समेत हडप्न थालेपछि विवादमा तानिएको थियो घर नै क्षतिग्रस्त भै मानिस विस्थापित भएपछि आसपासका वासिन्दाले समेत आतंकित हुँदै बिरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *