मृगाैला बिरामीलाइ सहयोग

Byखवरबाटिका

२७ श्रावण २०७७, मंगलवार १७:४२ २७ श्रावण २०७७, मंगलवार १७:४२ २७ श्रावण २०७७, मंगलवार १७:४२

पोखरा– मुस्ताङ लेते घर भइ हाल पोखरा बगर बस्दै अाएकी दुबै मृगौला रोगी स्वेता अवस्थीलाई तनहुँका संगम कायस्थकाे पहलमा ३० हजार रूपैया प्रदान गरिएकाे छ । बिभिन्न पेशामा आबद्ध देश बिदेशका सहयोगीबाट संकलित रकम मृगौला बिरामी अवस्थीलाई हस्तान्तरण गरिएको हो ।

स्वेताको परिवारमा आर्थिक अवस्था कमजोर भएसंगै उपचारमा समस्या भएपछि कायस्थले आफ्ना तर्फबाट सहयोग जुटाउन पहल गरेका थिए । साथीभाइ र सहयाेग दाताबाट संकलित रकमले अवस्थीकाे उपचारमा केही सहयोग पुग्ने उनले बताए ।


कलाकारितामा समेत सक्रिय रहेका कायस्थले देश विदेशमा रहेका साथी भाइ एवं सम्पुर्ण नेपालीलाई सहयोगको भावना राखी स्वेताको जीवन रक्षाकोलागि आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *