November 29, 2022

युवाहरु द्वरा संचालित सस्था उज्यालो घर बाल गृह ब्यास नगरपालिका–१० बैरेनिमा मा ५ जना अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पनि पाएका छन् । विगत एक वर्षदेखि अनाथ बालबालिकाको स्याहार गर्दैआएका छन् । उनीहरुलाई खान, बस्नदेखि शिक्षा, स्वास्थ्यमा सस्थाले सहयोग पुर्‍याएको छ ।


आश्रम नजिकै रहेको चन्डीदेबि माबी विद्यालयमा पाचै जना बालबालिका अध्ययन गर्दै आएका छन् । बिधालयका प्रधानाध्यापकले ठुलो सहयोग ती बालबालिकाको पढाईमा गर्दै आउनु भएको छ । बर्षमा एक पटक भर्ना गर्नुपर्ने अरु महिना फि नि-शुल्क गरेर बालवालिको भबिस्यको लागि स्कुलले सहयोग गरेको पाइएको छ । ब्यास -५ का ३२ बर्षको दिदी तारा परियारले बालबालिकाकोे खाना बस्न स्याहारसुसार तथा संरक्षणमा सहयोग गर्दै आएकि छिन । तारा दिदि ती बालबालिका सङै आश्रमा बस्छिन् । आश्रममा बसेका सबै बालबालिकाका कसैको बुबा छैनन कसैको आमा छैनन् कसैको आमाबुबा दुबै छैनन् आमा बुवा भएपनी खान बस्न दिन सम्म नसक्ने हरुलाइ आश्रममा ल्याएको सस्थाका अध्यक्ष सागर घिमिरेले बताउनु भयो । १० जना सम्म राख्ने क्षमता भएको आश्रममा सम्बन्धित गाविसको सिफारिसपछि मात्र राखिने घिमिरेले जानकारी गराउनु भयो ।
उनीहरुको लालनपालन, शिक्षा, स्वास्थ्यका लागि मासिक २५ देखी ३० हजार रुपैया खर्च हुने गर्दछ । आश्रममा रहेका बालबालिका छ देखि नै वर्ष उमेरका छन् । हालसम्म आश्रम सञ्चालनमा पाँच देखी छ लाख खर्च भइसकेको घिमिरेले बताउनु भयो । विभिन्न संघ संस्था ब्यक्तिहरुले आफ्नो जन्म दिन एनिभर्सरी मनाउन आउँदा आश्रममा बाल बालिका खुशी हुने साथै केहि सहयोग पनि मिल्ने भएकोले यस्तो खालको कार्यक्रमले संस्थालाई साथै बालबालिकालाई पनि पारिवारिक माया पाउने घिमिरेले बताउनु भयो ।
मेरो सानो अनुरोध यहाँहरुको सहयोगको प्रतीक्षामा छन् यी बालबालिका जेन्सी समान, नगद वा गएर ती बालबालिका सङ्ग खेल्नु वा आफुने जानेको कुरा सिकाइ बाबुनानिको भबिस्यको लागि तपाईं पनि हिस्सेदार बन्नु हुन अनुरोध गर्द्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *