December 8, 2022

दमाैली– ब्यास-१४ कुलुङ घर भएका मृर्गौला बिरामी एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन । बिरामी भएपछि उपचार गर्न आर्थिक अभाव भएकाे भन्दै २६ वर्षीय सन्तोष राना मगरले जीवन रक्षाकाे लागि अपिल गरेका हुन ।

अाफ्ना दुबै मृगाैलाले काम नगर्ने चिकित्सकले बताएकाे सन्ताेषले सुनाए । गत बर्षदेखि स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचार गराउँदै अाएका सन्तोषकाे अहिले फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर घारीपाटन पोखरामा डायलाइसिस गर्दै आइरहेका छन । मृर्गौला प्रत्यारोपणको लागि आफू र परिवार संग आथिर्क अबस्था कमजोर भएकाे भन्दै रानाले आफू बाच्न चाहेको र जीवन रक्षाको लागि सबैमा सार्वजनिक अपील गरेका छन ।

अहिले उनले हप्तामा दुई दिन डायलाइसिस गर्दै आइरहेको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहुदा चिकित्सकले काठमाडौँ रिफर गरेका छन् । ‘पैसा छैन कसरी काठमाडौ जानु ?’ गहभरि आँशु पार्दै उनले भने, ‘डाक्टर सरले छिटो काठमाडौँ जानुस् भन्नुभएको छ।’

आफन्तले मृर्गौला प्रदान गरेको अवस्थामा एउटा मृर्गौला प्रत्यारोपणका लागि रु २० देखि २२ लाखसम्म खर्च हुने उनले बताए । सन्तोष राना मगर सहयोग गर्न इच्छुक व्यक्तिले मुक्तिनाथ बिकास बैक दमाैली शाखामा आमा सुक माया रानाकाे नाममा खोलिएको खाता नं 00700720600056767000001 मा सहयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *