जामुने गुठी समाजवाट मृगौला पिडितलाई सहयोग

Byखवरबाटिका

२९ श्रावण २०७७, बिहीबार ०७:४५ २९ श्रावण २०७७, बिहीबार ०७:४५ २९ श्रावण २०७७, बिहीबार ०७:४५


वि वि श्रेष्ठ/दमौली
दुवै मृगौला फेल भई उपचाररत रहेको व्यास ४ निवासी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग प्राप्त भएको छ । जामुने नेवा गुठी समाजवाट मृगौला पिडित रामलाल श्रेष्ठलाई रु १२ हजार ५ सय रूपैया आर्थिक सहयोग गरेका हुन् ।
‘लामो समयसम्म मृगौला पिडित भएर उपचार गराउदै आएका रामलाल श्रेष्ठको उपचारमा सहज होस भनेर केहि आर्थिक सहयोग गरेका हौ,’ संस्थाका अध्यक्ष तिर्थ कुमार श्रेष्ठले वताए । सवैको सानो सानो सहयोग ले वहाँको उपचार र परिवारमा आर्थिक रुपमा केहि राहत हुने विश्वासका साथ आफुहरुको गुठी समाजले पनि सानो सहयोग गरेको वहाँले वताए ।
यसैगरि मृगौला पिडित रामलालको उपचार खर्चका लागी देश विदेशवाट समेत आर्थिक सहयोग जुट्न थालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *