व्यास निवासी महिलामा काेराेना भेटिएपछि व्यास १ वडा कार्यालय बन्द

Byखवरबाटिका

३० श्रावण २०७७, शुक्रबार १५:०४ ३० श्रावण २०७७, शुक्रबार १५:०४ ३० श्रावण २०७७, शुक्रबार १५:०४

दमाैली – व्यास नगरपालिका घर भएकी पोखरामा उपचारर्थ एक महिलामा काेरोना भाइरस पुष्टि भएपछि व्यास नगरपालिका वडा नं. १ काे कार्यालय अनिश्चितकालका लागि बन्द गरेकाे छ । व्यास १ का वडा सचिव साबित्री अाचार्यले शुक्रबार सुचना जारी गर्दै व्यास नगरपालिकाकाे निर्देशन र वडा कार्य समितिकाे निर्णय बमाेजिम अर्काे सुचना नभएसम्मका लागि वडा र्कायालयको दैनिक लगायत सम्पूर्णकामकाज बन्द गरिएकाे उल्लेख गरेकाे छ ।

पाेखरामा उपचारकाे क्रममा रहेकी व्यास नगरपालिका १ घर भएकी महिलामा शुक्रबार बिहान काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको थियो । वडा कार्यालय नजिकै घर भएकी महिलामा काेरोना पुष्टी भएकाे र अन्य व्यक्तिहरूसंग समेत सम्पर्कमा रहेकाेले सतर्कता अपनाउँदै वडा कार्यालय बन्द गरेकाे कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *