December 9, 2022

दमाैली–व्यास नगरपालिकाले दमाैली बजार एक साता बन्द गर्ने निर्णय गरेकाे छ । अाइतबार दमाैलीमा बसेकाे सर्वपक्षिय बैठकले साेमबार दिउँसाे १२ बजे देखी एक सातासम्म दमाैली बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

सोमबारदेखी लागु हुने गरी ७ दिनका लागि स्वास्थ्य संस्था र सरसफाइ बाहेकका अन्य सबै सेवा बन्द गर्ने व्यास नगरपालिकाले सर्वपक्षिय बैठकले निर्णय गरेकाे हाे । काेरोना भाइरसकाे जाेखिम बढ्रदै गएकाे अबस्थामा दमाैली बजार क्षेत्रमा समेत भिडभाड र अव्यविस्थत हुदाँ काेराेना भाइरसकाे जाेखिम बढ्ने भएकाले नगरपालिकाले बजार बन्दकाे निर्णय गरेकाे हाे ।

स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, स्थानीय उद्योगी व्यवसायीहरूकाे सहभागिता रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *