May 17, 2022

रामबहादुर धामी/आँबुखैरेनी

आँबुखैरेनी गाउँपालिकाले सोमबारदेखी एक सातासम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेकाे छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले आइतबार सुचना जारी गर्दै छिमेकी स्थानीय पालिकामा काेरोना भाइरसकाे संक्रमण देखिएकाे र अावातजावतकाे जोखिम हुने हुदाँ सोमबारदेखी एक सातासम्मका लागि बजार तथा कार्यालयका अत्यावश्यक सेवा बाहेकका सबै काम तथा सेवाा संचालन नगर्न अनुरोध गरेकाे छ ।

गाउँपालिकाले राजनैतिक दल, जनप्रतिनिधनी, कर्मचारी, शिक्षक बुद्धिजीवि वर्गलाइ काेरोना संक्रमण विरूद्धकाे सचेतना जगाउन समेत अनुरोध गरेकाे छ । गाउँपालिकाले सुचनाकाे बर्खिलाप कसैले गरे गराएमा त्यस्ता व्यक्ति तथा संस्थाहरूलाइ संक्रामक रोग एेन २०२० बमाेजिम कार्वाही प्रकृया अघि बढाइने गाउँपालिकाले जनाएकाे छ

Leave a Reply

Your email address will not be published.