व्यास नगरपालिका र भानु नगरपालिकाकाे सम्पूर्ण क्षेत्रमा जिल्ला प्रशासन कार्यालय तनहुँले निशेधाज्ञा लागु गरेकाे छ । बढ्दो काेभिड १९ (कोरोना) काे जाेखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार सुचना जारी गर्दै भाद्र १ गते दिउँसो १२ बजे देखी भाद्र ७ गतेसम्म दिउँसो १२ बजेसम्मका लागि निशेधाज्ञा लागु गरेकाे हाे । प्रमुख जिल्ला अधिकारी सागर अाचार्यबाट जारी निशेधाज्ञामा अादेश अनुसार गरे गराइएकाे नपाइएमा संक्रमक रोग एेन २०२० काे दफा ३ र स्थानीय प्रशासन एेन २०२८ काे दफा ६ काे उपदफा ३ बमोजिम कारवाही गरिने उल्लेख छ ।
निशेधाज्ञामा गर्न पाइनेः
- अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाइ सेवा र विपद् व्यवस्थापन सेवा संग सम्बन्धित कार्यहरू ।
- राष्ट्रिय राजमार्गमा संचालन हुने सवारी साधनहरू ।
- सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्यहरू ।
- स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाइ भाैतिक दुरी कायम गरी संचालन गर्ने अाैषधी र अाैषधिजन्य पसल खाद्यन्न सामाग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल ।
- एम्बुलेन्स, शवबहान,खाद्य ढुवानी, अाैषधी, फलफूल, कुखुराकाे चल्ला, माछा, मासु तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बाेकेका सवारी ासधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरू ।
संचालन गर्न नपाइने
- अत्यावश्यक सेवा बाहेकका नियमित सेवाहरू ।
- बैक तथा बित्तिय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरू ।
- साामाजिक संघसंस्थाले संचालन गर्ने काेभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्यहरू ।
- उद्योग कलकारखाना र अन्य व्यवसायहरू ।
व्यक्तिले पालन गर्नुपर्ने शर्तहरू
- अत्यावश्यक कार्यमा बाहेक घरबाट बाहिर ननिस्कने ।
- निस्कने पर्दा अनिवार्य रूपमा माक्स लगाउने र समुहमा नहिड्ने
- भाैतिक र सामाजिक दुरी कायम गर्ने ।
- मठ मन्दिर लगायत सार्वजनिक स्थलमा भेला नहुने र भिडभाड नगर्ने ।
- धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुने ।
हेर्नुस सुचना
