May 17, 2022

– ‘बाँचे पसल खाेलाैला, एक हप्ता पसल बन्द गरिदिनुहाेस है’

जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दिउँसाे १२ बजेदेखी व्यास नगरपालिका र भानु नगरपालिकामा बन्दाबन्दी गरेपछि सोमबार बजार बन्द गर्न प्रहरी प्रमुख अाफै सडकमा उत्रिएका छन्। साडे १२ बजेसम्म पनि पसल बन्द नभएपछि पसल बन्द गर्न प्रहरी प्रमुख अरूण पाैडेल अाफै सफासडकमा निस्किएका हुन ।

केही सुरक्षाकर्मीसंगै सफासडकमा निस्किएका प्रहरी प्रमुख पाैडेलले ‘बाँचे पसल खाेलाैला, एक हप्ता पसल बन्द गरिदिनुहाेस है’ भन्दै व्यवसायीलाइ पसल बन्द गर्न अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published.