तनहुँ पनि देखियो लम्पि स्किन रोग

Byखवरबाटिका

१ भाद्र २०७७, सोमबार १६:३७ १ भाद्र २०७७, सोमबार १६:३७ १ भाद्र २०७७, सोमबार १६:३७


दमौली- भारतका सिमाना क्षेत्रमा रहेका जिल्लाहरुमा गाई भैंसीमा फैलिरहेको लम्पि स्किन रोग तनहुँका पशुहरुमा पनि देखिन थालेको छ । तनहुँमा ४५ वटा गाईभैसीमा संक्रमण पुष्टि भएको छ भने करिब एक सयमा लक्षण देखा परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ का फराकचौरका कृषकले पालेको गाईमा उक्त भाईरस देखिएको हो ।

त्यहाँका गाईको नमुना लिएर भेटेरिनरी अस्पतालमा परिक्षण गर्दा रोग लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने उनले बताए ।

छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको पशु विज्ञले बताएका छन् । उनले भने, ‘भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *