November 30, 2022

राम बहादुरी धामी/आँबुखैरेनी –

तनहुँको आँबुखैरेनी गाउँपालिका – १, डुम्रीडाँडाका युवाहरुको सहभागितामा दृष्टि युवा क्लब गठन गरिएको छ। समाजका हरेक क्षेत्रमा युबाहरुको सक्रिय सहभागिता गराउन पवन नेपालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती गठन गरिएकाे हाे।

स्थानीय अगुवाको उपस्थितीमा गठन गरिएको क्लबको उपाध्यक्षमा केशव घिमिरे, सचिवमा मनोज बास्तोला, सह–सचिवमा मन्दिप पौडेल, कोषाध्यक्षमा रामशरण मिश्र तथा सदस्यहरुमा शितल गुरुङ्ग र सन्देश मिश्र रहेका छन।

स्थानीय युवाहरुलाई लागुपदार्थ दुव्यर्सनीबाट टाढा राखी खेलकूद प्रति आकर्षित गराउन, विकास निर्माणमा हुने भष्ट्राचार तथा सामाजिक विभेद अन्त्य गर्न, मौलिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवम संम्बर्धन गर्न गाउँपालिकामा विधिवत रुपमा दर्ता गरी क्लब गठन गरिएको क्लबका अध्यक्ष पवन नेपालीले बताए । क्लवमा ३० जना सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *