June 3, 2023

दमाैली– जिल्ला प्रशासन कार्यालय तनहुँ र व्यास नगरपालिकाले सोमबार दिउँसाेदेखी लागु गरेकाे निशेधाज्ञा उल्लंघन गर्ने १५ जनालाइ कार्रवाही र जरिवाना गरिएकाे छ ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना समेतको संयुक्त टोलीले दमाैली बजारदेखी छाब्दी, कलेस्ती बजार, सिसाघाट बजार सम्म अनुगमन गर्ने क्रममा माक्स र सेनिटाइजर प्रयोग नगरी व्यापार व्यवसाय संचालन गर्ने र हिडडुल गर्ने १५ जनालाइ कारवाही गरि जरिवाना समेत गराइएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को जाेखिम बढ्न थालेपछि स्थानीय तह संगै प्रहरी प्रशासनले पनि कडाइ गर्न थालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box