May 17, 2022

दमाैली- कुशेअाैसी, हरितालिका तिज, ऋषि पञ्चमी लगायतका चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाबासीलाइ घर भत्रिै वरिवारमा मात्र सिमित रही चाडपर्व मनाउन अनुराेध गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले मंगलबार एक सुचना जारी गर्दै काेरोना भाइरस बिरूद्धकाे अभियानमा सहयाेग गर्दै नजिकिएका चाडपर्व परिवारका सदस्यहरू बिच घरभित्रै मनाउन जिल्लाबासीमा अनुरोध गरेकाे हाे ।

समुहमा नाचगान र भिडभाड गर्दा कोरोना भाइरसकाे जाेखिम बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाबासीलाइ घर भित्रै परिवारका सदस्य बिच चाडपर्व मनाउन अनुरोध गरेकाे हाे । प्रशासनकाे अनुरोधलाइ बेवास्ता गर्ने व्यक्तिलाइ संक्रमक रोग एेन २०२० काे दफा ३ र स्थानीय प्रशासन एेन २०२८ काे दफा ६ बमाेजिम कारर्वाही गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले सुचनामा जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.