December 9, 2022

अधिकारीद्धारा नगद रु. १० हजार सहयोग

आँबुखैरेनी– पिसाब थैली र मृगौंलामा पानी जमेका १ वर्षिय बालकको उपचारमा आर्थिक समस्या भएको छ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. २ स्थायी घर भएका हाल आँबुखैरेनी–१, बरादीमा बस्दै आएका केशर परियारका १ वर्षिय छोरा शुसान्त परियारको पिसाव थैली र मृगौंलामा पानी जमेपछि उपचारमा आर्थिक समस्या भएकाे हाे ।

दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएको र लकडाउनका कारण थप आर्थिक अवस्था नाजुक बन्दै गएपछि छोराको उपचारमा आर्थिक सहयोगका लागि केशर परियारले सबैसँग अपिल गरेका छन । बालकको काठमाण्डौंको कान्ति बाल अस्पतालमा उपचार भइरहेकाे छ । ु

यसैबीच, बालकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि आँबुखैरेनी–२, ढकालटार निवासी प्रशान्त अधिकारीले मंगलबार नगद १० हजार रूपैया आर्थिक सहयोग गरेका छन । मानवियहितको लागि भन्दैं बालककी हजुरआमालाई भटेर अधिकारीले आर्थिक सहयोग बुझाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *