पोखरामा मृत्यु भएकी बन्दीपुरकी महिलाकाे कोरोना परिक्षण नेगेटिभ

Byखवरबाटिका

३ भाद्र २०७७, बुधबार ०७:३९ ३ भाद्र २०७७, बुधबार ०७:३९ ३ भाद्र २०७७, बुधबार ०७:३९

दमाैली-पोखराकाे ग्यालेक्सी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकी तनहुँ बन्दीपुरकी महिलाकाे काेरोना परिक्षणकाे रिर्पाेट नेगेटिभ अाएको छ। बन्दीपुर ६ डाडाँछापकी २६ बर्षिया महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियो ।

श्वाप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि मंगलबार बिहान डुम्रेकाे माेती मेडिकल हलबाट पोखरा रिफर गरिएकाेमा बिहान करिब ११ बजे उनकाे निधन भएकाे ग्यालेक्सी अस्पतालले जनाएकाे थियो। मृत्यु पछि कोरोनाकाे अाशंका गर्दै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले स्वाब परिक्षण गरेकाे थियो।

मृतक महिलाकाे स्वाब परिक्षणकाे रिर्पाेट नेगेटिभ अाएकाे बन्दीपुर गाउँपालिकाका अध्यक्ष ‘मंगलबार राती १० बजे हामीलाइ कोरोना परिक्षणकाे रिर्पाेट बारे जानकारी पायाैं ।’ उनले भने, ‘कोरोना परिक्षणमा रिर्पोट नेगेटिभ अाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *