May 18, 2022

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत एक प्रहरीमा काेरोना संक्रमण पुष्टी भएकाे छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएकाे परिक्षणमा जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ३८ बर्षिय पुरूषमा काेरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत २७ जना प्रहरीकाे स्वाब परिक्षण गरिएकाेमा १ जनामा पोजेटिभ देखिएकाे व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमाेद सोतीले जानकारी दिए ।

काेरोना संक्रमण देखिएका प्रहरीलाइ अाइसोलेशन कक्षमा लैजाने तयारी भइरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.