दृष्टि युवा क्लब मार्फत २ गाउँमा निःशुल्क मास्क तथा सेनिटाईजर बितरण

Byखवरबाटिका

६ भाद्र २०७७, शनिबार १७:५१ ६ भाद्र २०७७, शनिबार १७:५१ ६ भाद्र २०७७, शनिबार १७:५१

आँबुखैरेनी – तनहुँको आँबुखैरेनी गाउँपालिका–१, डुम्रीडाँडा स्थित दृष्टि युवा क्लबलाई मास्क तथा सेनिटाईजर सहयोग प्राप्त भएको छ । नेपाल तरुण दल, आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीले हालै गठन भएको दृष्टि युवा क्लबलाई ५ सय थान मास्क तथा केही थान सेनिटाईजर सहयोग गरेका हुन ।

अधिकारीद्धारा क्लबलाई प्राप्त मास्क तथा सेनिटाईजर वडा नं. १ का २ गाउँमा निःशुल्क बितरण गरिएको क्लबका अध्यक्ष पवन नेपालीले जानकारी दिए । विश्वव्यापी रुपमा आक्रान्त बनाईरहेको कोरोना भाईरस आँबुखैरेनी गाउँपालिका नजिकका नगरपालिका तथा गाउँपालिकाहरुमा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिदै गैरहेको र यस क्षेत्रमा कोरोनाको संक्रमणबाट सचेतना जगाउँन मास्क तथा सेनिटाईजर वितरण गरिएको क्लबका अध्यक्ष पवन नेपालीले बताए ।

आँबुखैरेनी–१ को डुम्रीडाँडा र ढापमा रहेका जेष्ठ नागरिक, अपांङ्ग तथा बालबालिका लगायतलाई घरदैलो कार्यक्रम मार्फत सचेतना जगाउँदै निःशुल्क माक्स तथा सेनिटाईजर बितरण कार्यक्रम गरिएको क्लवका सचिव मनोज बास्तोलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *