लघु चलचित्र ‘कहर’ सार्वजनिक

तनहुँ – गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकाे प्रस्तुतीमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएकाे छ। कोरोनाका कारण सर्वसाधारणकाे जनजीवनमा परेकाे प्रभावलाइ लघुकथा मार्फत सार्वजनिक गरिएकाे हाे ।

आकाश अधिकारीकाे कथा रहेकाे लघु चलचित्र ‘कहर’मा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पाैडेल (रामु) लगायतका कलाकारकाे भुमिका रहेकाे छ। काेपिला सुनारकाे छायांकन र भिडियो छायांकन रहेकाे चलचित्रकाे निर्देशन समुन्द्र पाैडेलले गरेका हुन ।

कोरोनाका कारण पत्रिका बितरककाे परिवारमा देखा परेको अबस्थालाइ लघु चलचित्रमा उतारिएकाे लघुचलचित्रका लेखक आकाश अधिकारीले जानकारी दिए । ‘काेरोनाले सबै वर्गलाइ समस्या पारेकाे अबस्था छ’ उनले भने, ‘यही अबस्थामा पत्रिका वितरण गर्ने व्यक्ति र उनको परिवारकाे कथाबस्तुलाइ समेट्न खाेजेका हाै ।’

लघु चलचित्रमा काेरोनाले पारेकाे प्रभावलाइ उतार्ने प्रयास गरेकाे निर्देशक समुन्द्र पाैडेलले बताए । ‘काेरोनाले घरभाडामा बस्ने व्यक्ति, साना व्यवसायी, सर्वसाधारण सबै बर्गलाइ समस्यामा पारेकाे छ,’ उनले भने, ‘यही बिषयबस्तुलाइ चलचित्रमा समेटेका हाै ।’

पछिल्लो समय तनहुँमा म्यूजिक भिडियो, लघु चलचित्र निर्माण हुन थालेपछि स्थानीय कलाकारहरूले समेत कलाकारितामा अबसर पाउन थालेका छन ।

हेर्नुहाेस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?
Close
Back to top button
error: Content is protected !!
Close