May 16, 2022

मनोजकुमार श्रेष्ठ/भानु

भानु नगरपालिकाका २२ जनामा अाइतबार कोरोना संक्रमण पुष्टी भएकाे छ । भानु नगरपालिका वडा न ६ टुहुरेपसल स्थित ढलेको बगैंचामा र भानु १ भन्सारमा गरिएको पि. सि.अार परिक्षणको रिपोर्टमा ३ महिला र १९ पुरुषमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे भानु नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराइले जानकारी दिए ।

उनीहरू सबैलाइ अाइसोलेसनमा पठाउने तयारी भइरहेकाे उनले जानकारी दिए । संक्रमित मध्ये ३ जना बिदेशबाट घर फर्किएका र १८ जना स्थानीय बासिन्दा रहेकाे नगरपालिकाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published.