May 18, 2022

डुम्रे – कोरोना भाइरसकाे बढ्दो जाेखिम न्यूनीकरणका लागि डुम्रे बजारका व्यवसायीले भदाै २५ गतेसम्म डुम्रे बजारका उद्योग कलकारखाना तथा व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेका छन । सोमबार डुम्रेमा बसेकाे तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको बैठकले जाेखिम नियन्त्रणका लागि १० दिन थप डुम्रे बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

१० दिनसम्म बजार पूर्ण रूपमा बन्द गर्ने र कुनै व्यवसायीले अटेर गरेमा कानुन बमाेजिम कारर्वाहीका लागि गाउँपालिकालाइ पत्राचार गर्ने निर्णय गरेकाे तनहुँ उद्योग वाणिज्य संघका जिल्ला सदस्य राजेन्द्र पियाले जानकारी दिए ।

डुम्रे बजार स्थित एक बैककाे कर्मचारीमा काेरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि अाइतबारदेखी बन्दीपुर गाउँपालिकाले डुम्रे बजारमा थप सर्तकता अपनाउन अनुरोध गरेकाे थियो ।

Leave a Reply

Your email address will not be published.