‘हाेलिडे’ पानीमा फोहोर र धुलो (भिडियो सहित)

तनहुँ – दमाैलीकाे हाेलिडे पानीकाे बोतल भित्र फोहाेरजन्य समाग्री भेटिएकाे छ । दमाैली बजारकाे एउटा किराना पसलमा खरिद गरेकाे पानीकाे बोतल भित्र फोहोर र धुलो भेटिएकाे हाे ।

पिउन भनेर किनेकाे पानीकाे बाेतल भित्र धुलो र फोहाेर भेटिएकाे दमाैलीका अजित पन्तले बताए । ‘पानी पिउनकाे लागि भनेर किनेको थिए’ उनले भने, ‘बाेतलमा हेर्दा त पुरै फोहाेर र मैलाे प्रष्ट देखियो ।’ उत्पादन मिति ८ जुन २०२० उल्लेख भएकाे पानी उत्पादन भएकाे ६ महिनासम्म प्रयोग गर्न सकिने बोतलमा उल्लेख छ ।

पानीलाइ लामो समयसम्म घाममा राख्दा पानीमा समस्या अाएको हुन सक्ने होलिडे पानी उद्योगका संचालकले जानकारी दिए । ‘ उद्योगबाट उत्पादित पानी फिल्डर गरेर फिलिङ गरिन्छ’ उनले भने, ‘पानीलाइ घाममा धेरै सुकाउँदा समस्या देखिन सक्छ।’ ‘हाेलिडे’ एसएनबि मिनरल वाटर एण्ड बेभरेज, तालघारीकाे उत्पादन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?
Close
Back to top button
error: Content is protected !!
Close