आइसोलेशनका संक्रमितलाइ सुख्खा खाना !

Byखवरबाटिका

१६ भाद्र २०७७, मंगलवार १५:५५ १६ भाद्र २०७७, मंगलवार १५:५५ १६ भाद्र २०७७, मंगलवार १५:५५

कोरोना संक्रमितलाइ उपलब्ध गराइएकाे खाना खान आइसोलेसनमा बसेका संक्रमितले समस्या भएकाे बताएका छन । क्रियापुत्री भवनमा बस्दै आएका काेराेना संक्रमितले खानामा समस्या भएकाे गुनासो गरेका हुन ।

आइसोलेशनमा बस्ने क्रममा नगरपालिकाले उपलब्ध गराएकाे खानामा तरकारी र झाेलियो पदार्थ कम हुदाँ खान समस्या हुने गरेकाे एक संक्रमितले सुनाए । ‘काेराेना लागेका मानिसलाइ घाँटि सुख्खा हुन्छ, तरकारी र दाल निकै कम भएपछि कसरी खान मिल्छ ?’ उनले भने, ‘धेरै ठाउँमा गुनासो गर्दा पनि सुनवाइ नभएपछि सामाजिक संजालकाे सहयोग गर्न परयो । ‘

आइसोलेशनमा बसेका व्यक्तिलाइ बिहान नास्ता, १०–११ बजेकाे समयमा खाना, ३ बजे नास्ता र बेलुका ७ बजेतिर पुनः खानाकाे व्यवस्था गरेकाे छ । पाँच दिनकाे अबधीमा अाइसोलेशन व्यवस्थापन पक्षले २ पटक मासु खाना उपलब्ध गराएकाे ती संक्रमितले बताए ।

कोरोना संक्रमण पश्चात आइसोेलेसनमा रहेका संक्रमितकाे खाना र बासको व्यवस्थापन दमाैली अस्पतालले गरेकाे हाे । आइसोलेसनमा बिरामी र उपचारमा खटिएका स्वास्थ्यकर्मीले एकै किसिमकाे खाना खाने गरेकाे अस्पताल श्रोतले जनायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *