साथीसंग ‘अब त बाँच्छु’ भन्थिन काठमाण्डाैमा मृत्यु भएकी युवती

समुन्द्र पाैडेल/ दमाैली

काठमाण्डाैमा उपचारकाे क्रममा तनहुँ व्यास नगरपालिका २, कालिकामार्गकी एक युवतीकाे मृत्यु भएकाे छ । बिरामी भएर भदाै ४ गते अल्का अस्पताल पुगेकी २१ बर्षिया युवतीकाे मंगलबार दिउँसाे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएकाे हाे ।

अल्का अस्पतालले भदाै १६ गते बिहान मृगाैला फेल भएकाे र अबस्था जटिल रहेकाे भन्दै रिफर गरेपछि उनलाइ त्रिवि शिक्षण अस्पताल सारिएकाे पारिवारिक श्रोतले जनाएकाे छ । सोमबार अल्का अस्पतालमा लिइएकाे स्वाब परिक्षणको मंगलबार बिहान अाएको रिर्पाेटमा उनमा काेरोनाको संक्रमण पुष्टी भएकाे थियो । उनकाे मृत्यु पछि मंगलबार नै नेपाली सेनाले उनकाे अन्त्यष्टी गरेकाे छ ।

लामाे समय अस्पतालमा उपचार गराएकी ति युवतीले अाफ्ना साथीलाइ अब बाच्ने अाशा लागेकाे म्यासेज पठाएकी थिइन । ‘पहिला त डर लागेकाे थियो, अाफन्तलाइ भेट्न पाए हुन्थ्यो भन्ने लागेकाे थियो ‘ उनले साेमबार साथीलाइ पठाएकाे म्यासेजमा लेखेकी थिइन, ‘अब त बाच्छु भन्ने आश लागेकाे छ ।’

साेमबार मात्र म्यासेजमा कुरा गरेकाे साथीकाे मंगलबार मृत्यु भएकाे खबरले आफु स्तब्ध भएकाे ती साथीले बताइन । उनले भनिन, ‘मलाइ त बिश्वास नै लागेकाे छैन, सोमबार निकाे हुँदै छ भनेर म्यासेज गरेकी साथीकाे मृत्यु भएकाे खबर सुन्नु परयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close