आँबुखैरेनीमा १२ बेडकाे आइसाेलेसनकाे तयारी

Byखवरबाटिका

१७ भाद्र २०७७, बुधबार १४:५२ १७ भाद्र २०७७, बुधबार १४:५२ १७ भाद्र २०७७, बुधबार १४:५२
सांकेतिक तस्बिर

रामबहादुर धामी /आँबुखैरेनी

आँबुखैरेनी गाउँपालिकाले १२ शैया क्षमताकाे आइसाेलेसन निर्माणकाे तयारी गरेकाे छ । गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका वडा नं.३ स्थित शिवमन्दिर संरक्षण समिति, मनकामना चोक टोल सुधार समिति, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको बुधबारकाे संयुक्त बैठकले शिवालयमन्दिर नजिक रहेको भवनमा १२ शैया क्षमताकाे आईसोलेशन कक्षनिर्माण गर्ने निर्णय गरेको हो ।
विश्वभर द्रुतगतीमा फैलिएको कोरोना भाईरस कोभिड–१९ समाजमा नै फैलने क्रममा रहेको र आँबुखैरेनी गाउँपालिकाका बासीहरुलाई कोभिड–१९ पोजेटिभ देखिएता पनि अन्यत्र स्थान लैजानु भन्दा आफ्नै क्षेत्रमा राख्न सहज हुने भएकाले गाउँपालिकाले आईसोलेशन निर्माण गर्न लागेकाे गाउँपालिकाका सुचना अधिकारी शिखरलाल डोटेलले बताए ।

विरामीहरुलाई पारिवारीक वातावरण महशुस पनि हुने भएकोले आफ्नै आईसोलेशन कक्षनिर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले बताए । आफ्नै आईसोलेशन कक्ष हुँदा कोरोना पोजेटिभ भएका व्यक्तिलाई तुरुन्तै आईसोलेशन कक्षमा लैजान सकिने र विरामीले उपचार समेत छिटै प्राप्त गर्ने भएको हुँदा आईसोलेशन निर्माण गर्न लागिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *