कोरोना पुष्टी भएकी भानुकी पुर्व प्रअकाे उपचारकाे क्रममा भरतपुरमा मृत्यु

चितवन – तनहुँको भानु नगरपालिका स्थित एक अाधारभुत बिद्यालयकी पूर्व प्रधानाध्यापककाे उपचारकाे क्रममा गएराती चितवनमा मृत्यु भएकाे छ। कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजमा उपचार गराउँदै अाएकी ४० बर्षिया महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएपछि उपचारका लागि भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएकोमा उनमा भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

लामो समय भानुमा शिक्षण पेशामा जाेडिएकी उनी अबकास निस्किएपछि उनी विगत २ बर्षदेखी चितवनमा बसाइ सरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close