March 25, 2023

भानु नगरपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश मल्ललाइ सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकाे फरार अपराधी नियन्त्रणामा लिने अभियान अन्तर्गत प्रहरीले उनलाइ नियन्त्रणामा लिएकाे हाे ।

नागरिकतामा किर्ते गरेको अभियोगमा फरार रहेका उनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे श्रोतले जनाएको छ । तनहुँ जिल्ला अदालतकाे २०५५ सालको फ‌ैसला अनुसार नागरिकतामा किर्ते गरेकाेमा मल्ल दोषी ठहर भई ‘फरार’ रहेकाे प्रहरीले जनाएकाे छ ।

बिस्तृत बिवरण अाउन बाँकी रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *