आँबुखैरेनी गा.पा.द्धारा निजामती सेवा दिवसमा विविध कार्यक्रम

Byखवरबाटिका

२२ भाद्र २०७७, सोमबार १९:०५ २२ भाद्र २०७७, सोमबार १९:०५ २२ भाद्र २०७७, सोमबार १९:०५

आँबुखैरेनी, २२ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज १७ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरेर मनाएको छ । कार्यालय परिसरमा सरसफाई, बृक्षारोपण तथा कार्यालयमा आउनुभएका पहिलो सेवाग्राहीलाई स–सम्मान सहित फुलको गुच्छा दिई दिवस मनाईएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले पहिलो सेवाग्राहीलाई फुलको गुच्छा दिई स्वागत गर्नुभएको थियो । लाहुरे फूल, सयपत्री फूल, मखमली फूल लगाएत २५ वटा बिरुवा रोपिएको कार्यक्रममा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, शाखा प्रमुख बुद्धि प्रसाद भूषाल, लेखा प्रमुख टेकनाथ पराजुली, स्वास्थ्य शाखा प्रमुख अगम उपाध्याय, सूचना अधिकारी शिखरलाल डोटेल, आई.टी. अफिसर निरज श्रेष्ठ, एम. आई. एस. अपरेटर अनिषा अधिकारी, प्राविधिक चिजकुमार श्रेष्ठ, पंकज मगर लगाएत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *