
भिमाद-तनहुँको भीमाद नगरपालिकाका ३ पुरूषमा बिहीबार काेराेना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा भीमाद वडा नं. १ का २८, २२ र २२ बर्षका तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
संक्रमित तिनै जना संक्रमित कन्ट्राक्ट ट्रेसिङकाे अाधारमा स्वाब परिक्षण गरिएका व्यक्ति भएकाे र उनीहरूलाइ अाइसोलेसनमा लैजाने तयारी भइरहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।