‘सुचना र प्रविधिको प्रयोगमा नेपाल अझै पनि पछाडी छ’

Byखवरबाटिका

२५ भाद्र २०७७, बिहीबार ०८:२५ २५ भाद्र २०७७, बिहीबार ०८:२५ २५ भाद्र २०७७, बिहीबार ०८:२५

दमाैली – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सबै क्षेत्रमा सुचना प्रविधिको महत्व रहेको बताएका छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले बुधबार आयोजना गरेको सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले अहिले अवस्थाले पनि सुचना र प्रविधिको महत्वलाई दर्साएको बताए । उनले भने, “सुचना र प्रविधिको प्रयोगले नै देश विकासको क्षेत्रमा लम्बिन्छ । हरेक क्षेत्रमा सुचना प्रविधिको आवश्यकता छ । ” उनले थपे,“ सूचना प्रविधिको कम प्रयोगका कारण नेपाल अहिले पनि पछाडी परेको छ ।

त्यसैले हामीले सुचना र प्रविधिलाई जोड दिनु पर्छ ।” मन्त्री चुमानले कोरोना महामारीमा सुचना र प्रविधिको महत्वको बारेमा सबैलाई थाहा हुदै गईराखेको पनि बताए। उनले भने,“अहिले जात पनिन सुचना र प्रविधिको प्रयोग बढ्दै गईराखेको छ । यसले सबैलाई प्रविधिको महत्वको बारेमा बताएको छ । ” क्यान महासङ्घका केन्द्रीय अध्यक्ष नवराज कुंवरले कोभिड–१९ को प्रभावमा हरेक क्षेत्रमा प्रभाव परेको बेलामा अनलाइनबाट विद्यार्थीहरुको माझमा शिक्षा प्रदान गरिरहेको बताए । अबको युग प्रविधिको भएका कारण पनि सूचना प्रविधिको विकल्प नरहेको उनको भनाई थियो ।

क्यान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले कोरोनाको संकटमा सूचना प्रविधिको क्षेत्रमा विद्यालयलाई सहयोग गर्न तयार रहेको बताए । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित अनलाइन तालिम आयोजना गरिएको क्यान तनहुँका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिए ।

कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएको पनेरुको भनाई थियो । कार्यक्रम सञ्चालनका लागि प्याब्सन, नेशनल प्याब्सनसँग सहकार्य गरिएको छ भने प्रशिक्षक एवं प्राविधिक पक्षका लागि कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) केन्द्रले सहयोग पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *