ठुलाबडाले नै लाउँदैन्न मास्क !

शिशाघाटमा पार्टि प्रवेश कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पाैडेल लगायतका नेता । तस्बिर सामाजिक संजाल

सरकार तथा स्थानीय तहले काेरोना राेकथामका लागि ठूलाे रकम खर्च गरिरहेका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने सर्वसाधारणलाइ जरिवाना गर्दै अाइरहेका छन ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सर्वसाधारणकाे जमघट हुने गरी कुनै पनि कार्यक्रम नगर्ने सबै संघसंस्थालाइ अनुरोध गर्दै अाइरहेकाे अबस्थामा राजनीतिक दलले नै प्रशासनकाे अनुरोधकाे उल्लंघन गरेका छन । बिहीबार नेपाली कांग्रेस तनहुँले व्यास ६, शिशाघाटमा सार्वजनिक कार्यक्रमको अायोजना गरी प्रशासनकाे अनुरोधकाे उल्लंघन गरेकाे हाे ।

नेपाली काग्रेसको व्यास ६ शिशाघाटमा अायोजित पार्टि प्रवेश कार्यक्रमका अधिकांश अतिथीले मास्ककाे प्रयोग नगरेकाे भेटिएको छ । कार्यक्रमका केही सहभागीले भने सामाजिक दुरी कायम गर्नुका साथै मास्कको समेत प्रयोग गरेका छन ।

शिशाघाटको कार्यक्रमका सहभागीहरू ।

पार्टि प्रवेश कार्यक्रममा मञ्चमा सहभागी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ लगायतका नेतृत्व वर्गले नै मास्कको प्रयोग र सामाजिक दुरी कायम नगरी प्रशासनकाे निर्देशनकाे वेवास्ता गरेकाे देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?
Close
Back to top button
error: Content is protected !!
Close