बिभिन्न मुद्दामा फरार ३५ व्यक्ती एकै दिनमा पक्राउ

Byखवरबाटिका

२८ भाद्र २०७७, आईतवार १९:१९ २८ भाद्र २०७७, आईतवार १९:१९ २८ भाद्र २०७७, आईतवार १९:१९

दमाैली – विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई जरिवाना नबुझाएका ३५ जनालाइ अाइतबार प्रहरीले पक्राउ गरेकाे छ । फरार व्यक्तिहरूकाे खोजी गर्ने कार्यमा तिब्रता दिदै आएकोमा ठगी, बहु बिवाह, नागरिकता किर्ते, बन, सार्वजनिक अपराध तथा देवानी मुद्दामा २०० रूपैया देखी २ लाख सम्म जरिवाना हुने सजाय तोकिएकाेमा फरार रहेका ३५ जनालाइ पक्राउ गरी तोकिएकाे जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा पठाइएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।


उनीहरूबाट ४ लाख १६ हजार ३ सय ५ रूपैया भुक्तान हुन बाँकी रहेकाे कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *