हाइस्कुलटारको खाेल्सामा भेटियो युवकको शव

Byखवरबाटिका

३० भाद्र २०७७, मंगलवार २१:०९ ३० भाद्र २०७७, मंगलवार २१:०९ ३० भाद्र २०७७, मंगलवार २१:०९

दमाैली– तनहुँकाे व्यास नगरपालिका वडा नं. १ हाइस्कूलटारमा एक युवक मृत अबस्थामा भेटिएका छन । स्थानीय अन्दाजी १८ बर्षिय अाकाश रिजाल मृत अबस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

खाेल्सामा मानिस काेल्टे परेकाे अबस्थामा देखेपछि स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटना स्थल पुगेकाे प्रहरीले जनाएकाे छ । मृतक रिजालकाे शव परिक्षणकाे लागि दमाैली अस्पतालमा राखिएकाे छ । घटनाकाे बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *