तनहुँका ५ पुरूष सहित गण्डकीमा ५० नयाँ कोरोना संक्रमित

कास्की-गण्डकी प्रदेशका ४ जिल्लामा काेरोना भाइरसका नयाँ ५० संक्रमित पुष्टि भएका छन । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले मंगलबार बिहान प्रेस बिज्ञप्ती जारी गर्दै कास्कीमा २९, गोरखामा १३ जना, तनहुँमा ५ र बाग्लुङमा ३ नयाँ संक्रमित पुष्टि भएकाे जनाएकाे हाे ।

तनहुँमा कोरोना संक्रमण पुष्टि हुनेमा व्यास नगरपालिका वडा नंं १ का २१ बर्षिय र व्यास ११ का २८ बर्षिय पुरूष रहेका छन । उनीहरूमा कन्ट्रयाक्ट ट्रेसिङकाे अाधारमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी घिरिङ गाउँपालिका १ का २६ र २३ बर्षिय साथै ३ नं. वडाका २७ बर्षिय पुरूषमा काेरोना पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ । घिरिङमा संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका स्थानीय हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?
Close
Back to top button
error: Content is protected !!
Close