आउन थाले पर्यटक, बन्दीपुरका पर्यटन व्यवसायी खुसी

Byखवरबाटिका

१९ कार्तिक २०७७, बुधबार ०६:२७ १९ कार्तिक २०७७, बुधबार ०६:२७ १९ कार्तिक २०७७, बुधबार ०६:२७

बन्दीपुर – 

कोभिड–१९ को सङक्रमणले गर्दा लामो समय देखि लक डाउनको असरमा परेको तनहुँको बन्दीपुरमा पर्यटकहरुको आवामन हुन थालेको छ । लामो समय पर्यटकको मुख देख्न नपाएका होटलका सञ्चालक आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि खुसी भएका छन् ।
‘सात महिना होटलको ढोका बन्द गरेर बस्नुप¥यो’ तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाईका सभापति तथा बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैस गुरुङले भन्नुभयो, होटल बुक हुन थालेपछि उत्साहित बनेका छन् । गत वर्ष जस्तो पाहुना नआएपनि विस्तारै बढ्न थालेकोले आशाको किरण देखिएको उहाँ बताउनुहुन्छ । ‘जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने राती बास बस्ने गरेका छन् ।’ अध्यक्ष गुरुङले भन्नुभयो । सरकारले असोज १ गतेबाट पर्यटकीय होटल खोल्ने निर्णय गरेपछि गण्डकी प्रदेशको ग्रामिण पर्यटनको नम्बर १ सूचिमा रहेको पर्यटकीय गन्तव्य बन्दीपुर सञ्चालनमा आएको हो ।
‘नेपाल सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । एक दिन विराएर मात्रै कोठाको प्रयोग गर्ने पाहुनाले साबुन पानी वा सेनिटाईजर प्रयोग गरी ले हात धुने, सामाजिक दुरी कायम गरेर होटल, रेष्टुरेन्ट सञ्चालनमा ल्याएकाले कसैलाई पनि कोरोनाको सङ्क्रमण नभएको अध्यक्ष प्रधान बताउनुहुन्छ ।
यहाँका सबै होटल तथा रेस्टुरेन्टहरु खुलेका छन् । दशैं पछि आन्तरिक पर्यटकको आगमन हुन थालेपछि चहलपहल सुरू भएको छ । रात बस्ने आन्तरिक पर्यटकहरु आएका छन् । बन्दीपुरका अधिकांश होटलहरुमा अहिले पर्यटक बसेका छन् । रेस्टुरेन्टमा खाजा खाने पर्यटकहरु पनि छन् । टुँडीखेल स्थित हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्टका सञ्चालक सङ्गीता प्रधानले पर्यटक आउन थालेपछि व्यवसायले गति लिन थालेको बताउनुभयो । ‘कत्तिपनि अनआउनु भन्दा अलिअलि भए पनि व्यापार भएको छ पर्यटनको सिजन शुरु भएकोले अब बढ्ने अपेक्षा छ अब बन्द भएन भने विस्थापित हुनुपर्दैन ।’ सङ्गीताले भन्नुभयो । दैनिक करीव २०० जनासम्म आन्तरिक पर्यटक आएको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । समितिका अनुसार बन्दीपुर साना र ठुला गरी ८० वटा होटल तथा रेष्टुरेन्छ रहेका छन् । हाल करीव ३५ प्रतिशत आन्तरिक पर्यटकको आवगमन भएको छ । ‘बन्दीपुरमा आवागमन सुरू भएको छ’, सङ्गीताले भन्नुभयो पहिलाको जस्तो नभएपनि सन्तोष गर्ने अवस्था आएको छ ।’ लामो समय बन्दीपुर बन्द भएकाले ठूलो लगानी गरेका व्यवसायीहरु मारमा परेका छन् । बैंकको व्याज र किस्ता तिर्न नसकेर व्यवसायीहरु निराश बनेका थिए । पर्यटक आउनेमा आश मारिसकेका यहाँका व्यवसायीहरु दसैँ र तिहारमा आन्तरिक पर्यटक आउन थालेपछि खुसी भएका हुन् । बन्दीपुर भिलेज ईनका सञ्चालक विकास श्रेष्ठले पुरै स्वास्थ्य मापपदण्ड पुरा गरेर आधा कोठा मात्र सञ्चालन गरिएको जानकारी दिनुभयो ।
‘बन्दीपुरका व्यवसायीले छुट प्याकेजको व्यवस्था गरेका हुन् । यहाँका होटल व्यवसायलाई ब्युँताउन व्यवसायीले भारी छुटको व्यवस्था गरिएको बन्दीपुर होटल प्यालेसका सञ्चालक विजयकुमार कार्कीले बताउनुभयो । आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्न सकियो भने पनि व्यवसायमा टिकिरहन सकिन्छ कि भन्ने उद्देश्यले प्रत्येक होटल व्यवसायीले १० देखि ५० प्रतिशत छुट तथा सहुलियत सहितको विभिन्न अफर राखेको बताएका छन् । ‘पारिवारिक समुहमा आउनेलाई प्राथामिकता दिइएको छ ।’ व्यवसायीले पर्यटकहरुका लागि ल्याएको छुट र अफर सहितको प्याकेज कार्यक्रमले थप सहयोग पुग्ने विश्वास गरिएको कार्की बताउनुहुन्छ । अरु ठाउँको तुलनामा चहलपहल कम हुने र जोखिम पनि कम भएकाले पर्यटक आकर्षित गर्न व्यवसायीले यस्ता प्याकेजका कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । लामो समयको लक डाउनमा आत्तिएर शान्त ठाउँमा आनन्द लिने योजनामा हुनुहुन्छ ? हुनुहुन्छ भने तनहुँको बन्दीपुर तपाइंको रोजाई बन्न सक्छ । लामो समय लक डाउनमा बन्दप्रायः होटललाई ब्युँताउन यहाँका व्यवसायीले होटल कोठामा भारी छुटको पनि घोषणा गरेका छन् । ‘पर्यटक आकर्षित गर्नका लागि सबैले केही छुट दिने निर्णय गरेका छौं ’ क्षेत्रीय होटल सङघ बन्दीपुर बजार एकाई समितिका अध्यक्ष विपिन प्रधानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *