मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

Byखवरबाटिका

६ मंसिर २०७७, शनिबार १८:०० ६ मंसिर २०७७, शनिबार १८:०० ६ मंसिर २०७७, शनिबार १८:००

भानु – डुम्रे–चन्द्रावती सडकखण्डको भानु नगरपालिका वडा नंं ५ पञ्चनगरमा शनिवार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। डुम्रेबाट चन्द्रावती जाँदै गरेको बा ७० प ६९०१ नम्बरको मोटरसाईकलले ठक्करदिँदा स्थानीय ८ वर्षिय आईज्याक सिंखडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठक्करपछि गम्भिर घाईते भएका सिंखडाको डुम्रे स्थित मेडिकलको प्राथमिक उपचार पश्चात थप उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *