बसन्त र रचनाकाे ‘भाग्ने तयारी’

Byखवरबाटिका

२ माघ २०७७, शुक्रबार १५:२२ २ माघ २०७७, शुक्रबार १५:२२ २ माघ २०७७, शुक्रबार १५:२२

काठमाण्डाै– गायक बसन्त बिश्वकर्मा र गायिका रचना रिमाल यही बर्ष भाग्ने तयारी गरेका छन । प्रेमका सम्बन्धमा गाउँमा हल्ला चल्न थालेपछि बसन्त र रचनाले भाग्ने शुरू गरेका हुन । उनीहरूकाे याेजना शुक्रबार बिहान सार्वजनिक गरेका हुन । बसन्त र रचनाकाे स्वरमा भागुम मायालु सार्वजनिक भएकाे हाे ।

गायक बसन्त बिश्वकर्माकाे लय तथा शब्द रहेकाे गीतमा सुनिशा बजगाइ र दीप सागरले अभिनय गरेका छन । करन चैसरकाे छायांकन रहेकाे भिडियाेको निर्देशन समेत बसन्त बिश्वकर्माले नै गरेका हुन । गीतकाे संगीत संयाेजन कृष्णबिक भान्जाले गरेका छन ।

हालसम्म बिवाह नगरेका बसन्तले अविवाहित युवा पुस्ताकाे भावनालाइ गीतका माध्यमबाट प्रस्तुत गरेकाे छन । ‘लकडाउनका क्रममा गाउँमा बस्दा याे गीतकाे श्रृजना गरेकाे हुँ,’ उनले भने, ‘गाउँ-घरमा हुदाँ बिवाहका धेरै कुरा उठ्दो रहेछ।’

लामाे समय पछि अाफ्नै गीत लिएर दर्शकमाझ फर्किएका बसन्तलाइ दर्शकले कति उत्साह दिन्छन त्याे भने हेर्न बाँकी छ ।

हेर्नुहाेस भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *