May 22, 2022

पराशर सत्संग भजन किर्तन समितिको अध्यक्षमा अर्जुन गिरी चयन भएका छन् । शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन समारोहबाट गिरीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्ष ऋषिराम ढुङ्गाना, सचिव दुर्गादेवी पन्थ, कोषाध्यक्ष जय भारती चयन भएका छन् । भेलाले समितिको सदस्यमा चन्द्र नेपाली, कृष्णनारायण श्रेष्ठ, मिना खनाल, सरस्वती लामिछाने, चन्दा श्रेष्ठ, गोमा धमेल, रविन्द्र शाह रहेका छन् ।
समितिका अध्यक्ष लोचना आलेको सभापतित्वमा भएको भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सबै मिलेर धार्मिक अस्तित्वको जगेर्ना गर्नुपर्ने बताए । भेलालाई पूर्व नगरप्रमुख तारा प्रसाद श्रेष्ठ, माँ दुर्गाकी अध्यक्ष कल्पना गौली लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.