December 9, 2022

रामबहादुर धाँमी (आँबुखैरेनी) – लियो क्लब अफ आँबुखैरेनी सिटीले आँबुखैरेनी-३,स्थित रामशाह माध्यमिक बिद्यालयमा अध्ययनरत ३ बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बुधबार बिद्यालयमा अायोजित कार्यक्रममा कक्षा ६, ७ र ९ मा अध्ययनरत बिद्यार्थीलाइ शैक्षिक समाग्री प्रदान गरिएको हाे ।

पारिवारिक अार्थिक अबस्था कमजोर भएर अध्ययनमा समस्या भएका बिद्यार्थीकाे पहिचान गरी उनीहरूलाइ शैक्षिक समाग्री प्रदान गरिएको लियो क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डितले जानकारी दिए ।

बिद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछाने, शिक्षिका पम्फा श्रेष्ठकाे उपस्थितीमा  क्लवका  उपाध्यक्ष द्वय प्रशन्न अधिकारी, शैलेश वाग्ले, सदस्यहरु सुरेश गुरुङ, सरल क्षेत्री, बोनिस अधिकारीको उपस्थितिमा बिद्यार्थीलाइ जनही ३ दर्जन कपि, १ दर्जन कलम, १ वटा ज्यामिती बक्स, १ वटा नोट बुक र ३ जना बिद्यार्थी मध्य १ जना बिद्यार्थीलाई बिद्यालय पोसाक प्रदान गरिएको क्लवले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *