दोषीमाथि कारर्वाही माग गर्दै अनेमसंघकाे ज्ञापन पत्र
तनहुँ – बैतडीकी १७ बर्षिया भागरथी भट्टकाे बलात्कार पछि गरिएको हत्या घटनाको अनेमसंघ तनहुँले दुख व्यक्त गर्दै दोषीमाथी कारर्वाहीकाे माग गरेको छ । बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अाचार्य मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाउँदै अनेमसंघ तनहुँले घटनाकाे यथाशिघ्र छानबिन गरी दोषीलाइ कानुन बमाेजिम कारबाही गर्न माग गरेको हाे ।
अनेमसंघ तनहुँकी अध्यक्ष सबिता रसाइली सहितकाे समुहले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र हस्तान्तरण गरेकाे हाे । ज्ञापन पत्रमा नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा महिला पुगेर अान्दोलनको मुल्य मान्यता स्थापित गरिरहेकाे अबस्थामा केही नेता कार्यकर्ताले राष्ट्रपतिलाइ हाेच्याउने, अमर्यादित अपमानजनक अभिव्यक्ति दिने जस्ता क्रियाकलाप प्रति पनि अनेमसंघले भत्सर्ना गरेकाे छ । साथै त्यस्ता नेता कार्यकर्तालाइ नियन्त्रण र कारर्वाहीकाे माग गरेकाे छ ।
ज्ञापन पत्र