आँबुखैरेनीमा २ सय ४७ ले  लगाए कोरोनाको खोप

आँबुखैरेनी- तनहुँको आँबुखैरेनी स्वास्थ्य चौकीमा स्थापना गरिएको खोप केन्द्रबाट २ सय ४७ जनाले कोरोना बिरूद्धको खोप लगाएका छन। सरकारको तेस्रो चरणको कोरोना खोप लगाउने कार्यक्रम अन्तर्गत आँबुखैरेनीमा सोमबार १ सय ३७ जना र मंगलबार १ सय १० जना गरि २ सय ४७ जनाले कोरोनाको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

जसमध्ये १ सय ८४ जना पुरुष र ६३ जना महिलाले खोप लगाएका छन्। यसपटक स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, निजामती कर्मचारीहरु, प्रहरी, बैंक वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकारहरु लगायतलाई खोप लगाईएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button