मानहुँकोटको बाटो कालोपत्रेका लागि ग्राभेलको सट्टा पहराको माटो

तनहुँ – समाजिक संजाल फेसबुक तथा टिकटकमा एकाएक भाइरल भएपछि तनहुँको व्यास नगरपालिकामा रहेको मानहुँकोट अहिले आन्तिरक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । सदरमुकाम दमौली बाट करिब ६ किलोमिटर दुरीमा रहेको मानहुँकोटमा दैनिक सर्यौको सख्यामा पर्यटन आवतजावत गर्ने गर्छन । केही बर्ष अगाडी सम्म सुनशान हुने मानहुँकोट अहिले भाइरल भएपछि मानहुँ छोडेर सदरमुकाम झरेका स्थानीय पनि धमाधम गाउँ फर्कन थालेका छन् ।

संघिय सरकारको दश करोड बजेटमा मानुङ जाने सडक निर्माणको काम अघि बढिरहेकाे छ । काठमान्डौं स्थित रानीबन कन्ट्रक्सनले सडक निर्माणकाे ठेक्का पाएकाेमा कन्ट्रक्सनले सडक कालाेपत्रेका लागि ग्रावेल माटो प्रयोग गर्नुको सट्टामा पहराकाे माटाे प्रयोग गरेकाे छ ।

सडक कालोपत्रेका लागि गरिने सब वेसमा ग्राभेल, गिट्टी बालुवा प्रयोग गर्नुपर्ने सट्टामा स्थानीय पहरा खनेर माटो निकाल्दै विभिन्न ठाउँमा माटो थुपारिएको स्थानीयकाे गुनासो छ । “पिचको लागि सब बेसमा ग्राभेल, गिट्टी र गुणस्तरीय माटोको प्रयोग हुनुपर्ने हो,’ एक स्थानीयले भने, ‘तर यहीँको पहरा खनेर स्थानीय माटो हाल्नका लागि ठिक्क पारिएको छ, पहराकाे माटोले त सडक कालोपत्रे भएको केही समयमा नै भत्किहाल्छ ।”

सडक निर्माणका लागि कम्पनीले गत बर्ष नै ठेक्का पारेकाेमा कोरोना संक्रमणका कारण कम्पनीले करिब दुइ किलो मिटर मात्र सडक कालोपत्रे गरेको थियो । यस बिषयमा सडक निमार्ण कम्पनी रानीबन कन्ट्रक्सनका ठेकदारलाई सम्पर्क गर्दा उनको फोन अफ रहेको छ ।

स्थानीय सरकारले प्रत्यक्ष निगरानीमा रहेको उक्त सडकलाई स्थानीय सरकारले अनुगमनमा सक्रियता नदेखाएकाे स्थानीयकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button