ऋषिङमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुने

ऋषिङ – ऋषिङ गाउँपालिकाको आयोजनामा पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १५ गते देखी शुरू हुने प्रतियोगितामा  प्रथम , द्वितिय र तृतीय हुने टिमलाई क्रमश नगद रु १ लाख ३५ हजार , ८० हजार र ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिने ऋषिङ गाउँपालिकाले जनाएकाे छ ।
ऋषिङ्ग गाउँपालिका वडा नम्बर ४ थप्रेक स्थित महेन्द्र ज्योति प्राथमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा प्रत्येक पालिकाबाट एक एक टिम सहभागी हुन पाउनेछन । टिम दर्ता शुल्क ५ हजार रहेको र फागुन १४ गते साँझ ४ बजेसम्म टिम दर्ता गर्न सकिने पालिकाले जनाएकाे छ ।
टिम दर्ता ९८४६०००८५१ , ९८६६०००६७१ मा फोन गरेर पनि गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button