पर्यटकीय तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्न ऋषिङ महोत्सव हुने

Byखवरबाटिका

१५ फाल्गुन २०७७, शनिबार १५:२८ १५ फाल्गुन २०७७, शनिबार १५:२८ १५ फाल्गुन २०७७, शनिबार १५:२८

दमाैली – ऋषिङको पर्यटकीय तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले पाँचौ ऋषिङ महोत्सव संचालन हुने भएको छ । शनिवार दमौलीमा पत्रकार सम्मेलन गर्दै झोर्ले गणेश युवा क्लवले फागुन २८,२९ र चैत्र १ गते पाँचौ ऋषिङ सांस्कृतिक महोत्सव गर्न लागेको जनाएको हो ।
स्थानीय भाषा र संस्कृतीको संरक्षण गर्दै मौलिक संस्कृतीको जर्गेना गर्ने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै लोक संस्कृतीको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका मुलसंयोजक शम्भु थापाले जानकारी दिए । ‘ऋषिङका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि पनि महोत्सवले सहयोग पु¥याउँछ,’ उनले भने, ‘महोत्सवले स्थानीय उत्पादनको बजारीकरणका लागि समेत सहयोग पु¥याउने छ ।’
३ दिनसम्म संचालन हुने महोत्सवमा २० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा लिएको महोत्सवका प्रवक्ता दान बहादुर आलेले जानकारी दिए । ऋषिङ गाउँपालिका वडा नं. ६, गोठादीमा आयोजना हुने महोत्सवमा करिब १५ लाख रुपैयाको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।
महोत्सवमा कमला घिमिरे, प्रिन्स लम्साल, मुना मगर, पदम थापा, रेणु रिलामी मगर लगायतका गायक–गायिका तथा हास्य कलाकार निर आलेको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा रोटे पीङ लगायतका मनोरञ्जनात्मक खेलकुद, स्थानीय खानाका परिकार, व्यापारिक स्टल लगायतका करिब २० वटा स्टल रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *