तनहुँ कारागारमा झडप, ६ कैदी नाइके घाइते (भिडियो सहित)

Byखवरबाटिका

१६ फाल्गुन २०७७, आईतवार १९:३१ १६ फाल्गुन २०७७, आईतवार १९:३१ १६ फाल्गुन २०७७, आईतवार १९:३१

दमाैली – कारागारका नाइके बिवादकाे बिषयलाइ लिएर अाइतबार तनहुँ जिल्ला कारागारमा दुइ कैदी समुह बिच झडप हुदाँ ६ कैदी नाइके घाइते भएका छन । झडपकाे क्रममा कुल बहादुर तामाङ, अनुप थापा, माधव कंडेल, धन बहादुर शाही, दिपक दर्जी र ज्ञान बहादुर बिक घाइते भएका हुन ।

घाइते मध्ये २ जनाकाे टाउँकाेमा चाेट लागेकाे छ भने अन्य सामान्य घाइते भएका छन । केही महिना अघि काठमाण्डाैबाट सरूवा भएर अाएका कैदीहरूकाे समुहले अाफूहरू माथी अाक्रमण गरेको एक घाइतेले जानकारी दिए । घाइतेहरूकाे दमाैली अस्पतालमा उपचार पश्चात कारागार फर्काइएकाे छ।

घटनाकाे सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, कारागार प्रशासन बिच छलफल भइरहेकाे श्राेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमल्सेनाले कारागारमा कुनै घटना नभएकाे  बताएका छन ।

हेर्नुहाेस भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *