होटल स:स:ईनमा आगलागि

Byखवरबाटिका

१८ फाल्गुन २०७७, मंगलवार ०४:५५ १८ फाल्गुन २०७७, मंगलवार ०४:५५ १८ फाल्गुन २०७७, मंगलवार ०४:५५

तनहुँ सदरमुकाम दमौली स्थित  होटल स:स: ईनमा गए राती आगलागि भएको छ। राती पौने २ बजे भएको आगलागी विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ।

आगलागि भएपछि व्यास नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहायतामा आगलागि नियन्त्रणमा लिइएको थियो।

आगलागि भएलगत्तै सजगता अपनाईएकाले कुनै मानविय क्षती नभएको होटल संचालक रोजा शाहिले जानकारी दिईन। आगलागिपछि होटलका पाहुनालाई होटलको छतबाट छिमेकि घरमा सारिएको थियो।

आगलागी भएपछि एकजना हाम्फालेर बाच्न सफल भएको र आवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ जनाएको छ। होटलको भुई तलाको भाग सहित अधिकांश भागमा जलेर क्षति पुगेको छ।पुर्णरुपमा क्षतिको विवरण आऊन बांकि रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *