May 22, 2022

दमाैली  – पृथ्वी राजमार्ग अन्र्तगत व्यास नगरपालिका वडा नं. १ को मुसेखोलामा शनिवार ट्रक र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सबार २ जना घाइते भएका छन । डुम्रेबाट दमौली बजार तर्फ आउँदै गरेको लु १ ख ९४९९ नम्बरको ट्रक र दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४९ प ९३१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटर साइकलमा सवार बेशीसहर नगरपालिका वडा नं. ८ निवासी २२ वर्षीय सुर्वेन्द पौडेल र २७ वर्षीया सुरचना पौडेल घाइते भएका हुन ।
ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदाँ घाइते सुरचना मुसेखाेलाकाे पुलबाट खोलामा खसेकी थिइन । सुर्वेन्द्रको दाया खुट्टामा चोट लागेको छ । घाइते दुबैलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको तनहुँ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.