बन्दीपुरमा सडकबत्ती हस्तान्तरण

Byखवरबाटिका

५ चैत्र २०७७, बिहीबार २०:०४ ५ चैत्र २०७७, बिहीबार २०:०४ ५ चैत्र २०७७, बिहीबार २०:०४ ,

डिपि अधिकारी / बन्दीपुर

तनहुँको पर्यटकीय पहिचान बोकेको पहाडकी रानी उपनामले समेत प्रशिद्धि कमाएको पर्यटकीय नगरी बन्दिपुरमा सडकबत्ती हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवनमा आवद्ध रोटरीयनहरुको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गरिएको १३ वटा सडकबत्ती एक कार्यक्रमका बिच रोटरी ईन्टरनेशनलका प्रेसिडेन्ट इलेक्ट शेखर मेहताले बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई सडक बत्तीको जिम्मेवारी सुम्पेका हुन ।

कार्यक्रममा बोल्दै प्रेसिडेन्ट इलेक्ट मेहताले बन्दिपुरको परम्परागत घर, ढुँगाले छापेको बजार क्षेत्र, स्थानीय कला र सँस्कृतिले आफूलाई मोहित पारेको बताए । उनले अर्को वर्ष २/४ दिन बस्ने गरी परिवारको साथमा बन्दिपुर घुम्न आउने योजना समेत सुनाए । बन्दिपुर क्षेत्रलाई आवश्यकताको आधारमा रोटरीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

रोटरी क्लब अफ चितवनका प्रेसिडेन्ट रोशन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक गर्भनर ३२९२ का राजिब पोख्रेलले नेपालको परम्परा, कला संस्कृति संरक्षणमा बन्दिपुरबासीको महत्वपूर्ण भूमिका रहेको भन्दै बन्दिपुरमा आफूले ब्यक्तिगत र संस्थागत रुपमा सहयोग र सहकार्य गर्ने बताए ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले परम्परागत सडक बत्तीले बन्दिपुर बजारको सौन्दर्यतामा थप टेवा पुगेको भन्दै रोटरी सँग सहकार्य र साझेदारी गर्न आफू सदैब तत्पर रहेको बताए । बन्दिपुर ऐतिहासिक स्थल समेत भएकाले समग्र बिकासका लागि २० वर्षिय गुरुयोजना निर्माण गरिएको र गुरुयोजना पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत्र ११ गते विमोचन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले बन्दिपुरमा केवलकारको निर्माण भैरहेको, मुकुन्देश्वरी पर्खाल निर्माणको क्रममा रहेको, टुँडिखेलमा सिसाको भ्यूटावर निमार्ण योजना रहेको भन्दै बन्दिपुरलाई आगामी २० वर्ष भित्र दक्षिण एशियाकै उत्कृष्ट गन्तब्य बनाई बन्दिपुरबासीको आय आर्जन उकासिने र समृद्ध बन्दिपुर, सुखी बन्दिपुरे बन्ने विश्वास ब्यक्त गरे।

कार्यक्रममा पास्ट रोटरी डिस्ट्रक ३२९२ का रविन्द्र पियाले पनि बन्दिपुरको सुन्दरताको बखान गरे । रोटरी क्लब अफ चितवनले करिब ९ लाखको लागतमा बन्दिपुरमा १३ वटा सडकबत्ती निर्माण गरेको थियो । सि एम सि हस्पिटल चितवनमा कोभिडको विरामीलाई लक्षित गरी ३० वटा भेन्टिलेटर प्रदान गरिएको र हाल संचालनमा आईसकेको प्रेसिडेन्ट रोशन पियाले जानकारी दिए ।

त्यस्तै क्लवले देवघाटमा करुणालय आश्रममा ३६ असहाय वृद्धवृद्धालाई पालन पोषणको ब्यबस्था र हेरचाह गरेको छ । १०० जनालाई दैनिक खानाको ब्यवस्था गरिएको छ । भरतपुरमा चण्डेश्वर भट्टराईले निशुल्क प्रदान गर्नु भएको १ कठ्ठा ५ धुर जग्गामा रोटरी डण्डपानी भट्टराई मल्टि प्रपोज विल्डिङ निर्माण गरिएको छ ।

बन्दिपुरका बरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठ र उनका छोरा अभिषेक श्रेष्ठले रोटरी हस्पिटल चितवनका लागि १ करोड प्रदान गर्नु भएको पियाले जानकारी दिए । रोटरियन मदन पियाले चमेलीदेवी पिया र उदय बहादुर पियाको स्मृतिमा विल्डिङ निर्माण गरेका छन । त्यस्तै डाक्टर मदन कुमार पियाको विशेष पहलमा तनहुँको बन्दिपुर अस्पतालमा डेलिभरी केशका लागि म्याटरनिटि होम र डेन्टल सेवा संचालन गरिएको छ ।

धरमपानी स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन, ईसिजी मेसिन र नेबुलाईजर प्रदान गरिएको छ । त्यस्तै बन्दिपुरमा होटल बन्दिपुर छें संचालन गरी त्यसबाट आएको मुनाफाले बन्दिपुर गापा भित्रका ५ ओटा विद्यालयमा सहयोग गरिएको समाजसेवी तथा बन्दिपुर क्याम्पसका क्याम्पस प्रमुख विक्रम पियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *