७० लाख लागतमा जीर्ण तनहुँसुर दरबार पुनःनिर्माण गरिँदै

Byखवरबाटिका

५ चैत्र २०७७, बिहीबार २२:४४ ५ चैत्र २०७७, बिहीबार २२:४४ ५ चैत्र २०७७, बिहीबार २२:४४ , , , ,

दमाैली –सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो ।

राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ७० लाख रुपैयाँ लागतमा दरबार पुनःनिर्माण भइरहेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए । उनका अनुसार उक्त दरबार जीर्ण अवस्थामा पुगेकाले पुनःनिर्माण गरेर संरक्षण गर्न लागिएको हो ।

तनहुँसुरबाट अपभ्रंश भएर दरबारको नामाकरण भएको भन्ने किंवदन्ती रहिआएको पाइन्छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको किंवदन्ती छ । तनहुँसुरको सेनवंशी राजाको दरबार खड्कमाई मन्दिर, सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारालगायतको संरक्षण गरिने नगरपालिकाले जनाएको छ । खड्कमाई मन्दिर संरक्षण समितिका अध्यक्ष वीरबहादुर थापा दरबार तथा खड्कमाई मन्दिरको पुनःनिर्माणका लागि पुरातत्व विभागले चासो दिई उत्खनन गरी पुनःनिर्माण अघि बढाएपछि स्थानीय बासिन्दा खुशी भएको बताए ।

दरबारले थप आकर्षण गर्ने र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको छ । विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका छन् । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा पर्यटकीय शहर पोखराको समेत अवलोकन गर्न सकिन्छ । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका छ जनाले सहादत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *